पाकिस्तानका पूर्वप्रधानमन्त्री खान उच्च अदालतको आदेशमा रिहा
एजेन्सी - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा भएका छन् । यसअघि उनलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको थियो ।
अदालतको संयुक्त इजलासले खानलाई १४ दिनसम्म फेरि पक्राउ नगर्न पनि आदेश दिएको द डनन्यूजले जनाएको छ ।
यसअघि बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले खानलाई पक्रिनु गैरकानुनी भएको ठहर गर्दै उनको उच्च अदालतमा सुनुवाइ गर्न आदेश दिएको थियो ।
एक मुद्दाको सुनुवाईका लागि इस्लामावाद उच्च अदालत गएका बेला खानलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० २१:५३
प्रतिक्रिया दिनुहोस्