Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण कोरियाको एक विद्यालयमा व्यायामशालाको छत भत्किँदा १४ जना घाइते

शनिबार, वैशाख ३०, २०८०

सियोल– दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यायामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो ।

एकजना शिक्षक सहित १४ जना घाइते भएको र तिनीहरूको नजिकैको अस्पताल उपचार भइरहेको बताइएको छ । छत भित्रको फिनिसिङ सामाग्री एकैपटक भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ तर यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०६:१०
प्रतिक्रिया दिनुहोस्