Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले केन्द्रीय कमिटिको तेस्रो दिनको बैठक सुरु

शनिबार, वैशाख ३०, २०८०

काठमाडौँ–एमाले केन्द्रीय कमिटिको तेस्रो दिनको बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय (च्यासल) मा बैठक सुरु भएको हो । 

एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङका अनुसार बैठकले केन्द्रीय कमिटी बैठकमा भएको समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना बनाउनेछ । 

शनिबार दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र समापन गरिने उनले जानकारी दिए । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिने उनले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबारदेखि जारी एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार नै सकिने छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्