Nic Ad Nic Ad
Nic Ad Nic Ad

माइतीघरमा नारा लाग्यो–‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं–काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वतःस्फूर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी, विवेकशील साझाका मिलनपाण्डे, रन्जु दर्शनादेखि भाइरलम्यान पुन्य गौतम सहभागी छन् ।

स्वतस्फूत रुपमा आएका नागरिकहरुले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विभिन्न पम्पप्लेटहरु बोकेका थिए । 

प्रदर्शनमा सहभागीहरुले खराब नेता, नेतृत्व र कर्मचारीविरुद्ध आक्रोश पोखिएका पर्चा–पम्पलेटहरु प्रदर्शन गरेका हुन् ।

‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ लगायतका नाराहरू सहित उनीहरूले प्रदर्शन गरिएको हो ।

protest against fake bhutanese refugee in nepal 21683962697.jpg

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्