Nic Ad Nic Ad
Nic Ad Nic Ad

शरणार्थी प्रकरणमा रास्वपाका कारण ठूला दलहरू दबाबमा परे : रवि लामिछाने

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब जनताले भ्रष्टाचार नसहने बताएका छन् । नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध शनिबार नक्सालमा गरेको प्रदर्शनमा पुगेर उनले यसअघिका सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड सदए ।

प्रदर्शनमा उनले ऐक्यवद्धता पनि जनाएका छन् । 

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका रहेको दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरू दबाबमा परेको पनि दाबी गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नु र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको लामिछानेको दाबी छ ।

विगतमा दलहरुले भ्रष्टाचारका पुराना फाइलहरु थाती राखेको भन्दै अब त्यो सम्भव नहुने लामिछानेले बताए । 

नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि कानुनी मात्र नभई व्यवहारिक रुपमा नै निष्कर्षमा पु¥याउनुपर्ने लामिछानेले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्