Nic Ad Nic Ad
Nic Ad Nic Ad

पन्जाबकाे प्लेअफ सम्भावना कायमै, दिल्ली बाहिरियो

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं - युवा ओपनर प्रसिमरन सिंहको शतकको सहयोगमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग(आइपीएल) २०२३ को ५९ औं खेलमा पराजित गरेको छ ।

यो जितसँगै लिगको छैटौं स्थानमा उक्लिएको पन्जाबले आफ्नो प्लेअफ सम्भावना कायमै राखेको छ ।

पञ्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । दिल्लीका डेबिड वार्नरले ५४ रन बनाए । फिलिप साल्टले २१ रन जोडे । पञ्जाबका हरप्रित ब्रारले ४ विकेट लिए ।

राहुल चाहर र नाथन एलिसले समान २/२ विकेट लिए । त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । पञ्जाबका प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले ।

आईपीएल क्रिकेटमा सिंहको यो पहिलो शतक पनि हो । साम करनले २० रन जोडे । दिल्लीका इशान्त शर्माले २ तथा प्रविन दुवे, अक्षर पटेल, कुलदीप यादव र मुकेश कुमारले समान १/१ विकेट लिए ।

जितसँगै बाह्र खेलमा १२ अंकका साथ पञ्जाब लिगको छैटौँ स्थानमा उक्लिएको छ । समान १२ खेलमा ८ अङ्क रहेको दिल्ली पुछारमा कायमै छ ।

हिजो भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्