पूर्वगृहमन्त्री वादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं–नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा वादलका छोरा प्रतीक थापाविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । वादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो । प्रतीक पनि यसमा संलग्न रहेका प्रमाण भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । । यही प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि आइतबार पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई प्रकाउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १४:०६
प्रतिक्रिया दिनुहोस्