Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय जनमोर्चाको ‘मेची–महाकाली अभियान’को भोलिदेखि

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं–राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध ‘मेची–महाकाली अभियान’को सोमबारदेखि सुरु गर्दैछ ।

जेठ १ देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

जनमोर्चाले अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान सुरु गर्न लागेको हो ।

अभियानका क्रममा विभिन्न जिल्लाहरुमा सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटका विविध कार्यक्रम हुने जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्