बंगलादेशकी प्रधानमन्त्री हसिनासँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता
काठमाडौं–परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटका छन् । बंगलादेशको ढाकास्थित गणभवनमा आइतबार परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री हसिनासँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव दिपक जोशीले बताए ।
मन्त्री साउदले सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिएका थिए ।
‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश भ्रमण हुन् ।
यसअघि परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको भएको थियो । जयशंकरसँगको भेटघाटमा समग्र दुईपक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको छ ।
यस्तै सिंगापुरका विदेशमन्त्री डा. मोहम्मद मलिकी बिन उस्मान परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता भएको थियो ।
हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको हो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो ।