Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

सोमबार, जेठ १, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको हो ।

राप्रपाका नेता राजाराम श्रेष्ठका अनुसार जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुनेछ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको संगठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

बैठकमा सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिनेछ । 

राप्रपाको केन्द्रीय समिति बैठक झण्डै १० महिनापछि बस्न लागेको हो । वैशाख ३० र ३१ गते बस्ने गरी बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै जेठ १ का लागि सारिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार