नेभिगेशन
खेलकुद

कोलकातासँग हारे पनि चेन्नाई दोस्रो स्थानमा कायमै, प्ले अफको सम्भावना बलियो

काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्ससँग पराजित हुनका बाबजुद चेन्नाई सुपर किंग्सलाई अंक तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ ।

गएराति घरेलु मैदान एमए चेन्नास्वामीमा कोलकातासँग ६ विकेटले पराजित हुँदा पनि चेन्नाई १५ अंकका साथ दोस्रो स्थानमा कायमै रहेको हो ।

१३ खेलमा ७ जित निकालेकाे चेन्नाईको प्ले अफमा पुग्ने सम्भावना अझै बलियो छ । 

१० टोली सम्मिलित प्रतियोगितामा शीर्ष ४ ले प्ले अफमा स्थान बनाउँछन् । साविक विजेता गुजरात टाइटन्स १६ अंकसहित शीर्ष स्थानमा छ । 

जितसँगै १३ खेलमा ६ जित र ७ हारका साथ १२ अंकसहित कोलकाता लिगको सातौं स्थानमा रहेको छ । 

चेन्नाईले दिएको १४५ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

कोलकत्ताको जितमा कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय पारी खेले ।

राणाले ४४ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रन बनाए ।

सिंह ४३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए । 

कोलकाताले पहिलो ओभरमा नै ओपनर रहमानउल्लाह गुर्वाजलाई व्यक्तिगत १ रनमा गुमाएको थियो । दोस्रो विकेटका रुपमा वेंकटेस अय्यरलाई व्यक्तिगत ९ रनमा गुमायो । 

चौथो विकेटका लागि रिंकु सिंह र कप्तान नितिश राणाले ९९ रनको साझेदारी गरेर टोलीलाई जितसम्म पर्याउन योगदान गरे । 

चेन्नाईका लागि दीपक चहरले सर्वाधिक ३ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । 

चेन्नाईका लागि शिवम दुबेले ३४ बलमा १ चौका तथा ३ छक्काको सहयोगमा अविजित ४८ रन बनाए । 

डेभोन कन्वेले २८ बलमा ३ चौका ३० रन तथा रवीन्द्र जडेजाले २४ बलमा २० रन बनाए । 

ऋतुराज गायकवाडले १३ बलमा २ चौकाको सहयोगमा १७ रन जोडे ।

कोलकाता लागि वरुण चक्रवर्ती र सुनिल नारायणले समान २-२ तथा बैभव अरोरा र शार्दुल ठाकुरले समान १-१ विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय