Nic Ad Nic Ad
Nic Ad Nic Ad

आन्तरिक राजस्व विभागले बैशाखसम्म उठायो पोहोकोभन्दा ७ अर्ब कम राजस्व

सोमबार, जेठ १, २०८०

काठमाडौँ– आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षको भन्दा पनि कम राजस्व संकलन गरेको छ । बैशाख मसान्तसम्ममा उठेको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनमा कम देखिएको हो ।

विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ३ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ३ खर्ब ७८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागले दिएको जानकारी अनुसार आयकर, घरबहाल कर र मूल्य अभिबृद्धि कर (आन्तरिक) पोहोरको भन्दा कम संकलन भएको छ । तर, व्याजकर, अन्तशुल्क (आन्तरिक), स्वास्थ्य सेवाकर र शिक्षा कर भने गत आर्थिक वर्षको तुलनामा बढी संकलन भएको छ । 

विभागले चालु आर्थिक वर्षमा संकलन गरेको कुल राजस्व गत आर्थिक वर्षको बैशाख मसान्तसम्मको तुलनमा ९८ प्रतिशत मात्रै हो ।

revenue-baishak1684130911.jpg

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्