नेभिगेशन
समाज विविध

अब काठमाडौँ महानगरमा नक्सा पास गर्न कार्यालय धाउन नपर्ने 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्ड कपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको छ । 

वैशाख ३१ को प्रमुखस्तरीय निर्णयबाट जेठ १ गतेबाट कागजरहित सेवा सुरु गर्दै परम्परागत शैली अन्त्य गरेको हो ।

यसका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) प्रणाली अद्यावधिक गरिएको छ । यो भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा