Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजेश बज्राचार्यलाई बालकोटमा प्रतिबन्ध !

सोमबार, जेठ १, २०८०

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई आफ्नो निवास आउन रोक लगाएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा बज्राचार्यको पनि संलग्नता रहेको भनेर सार्वजनिक रुपमा प्रश्न उठेपछि एमालेले उनलाई ओली निवास जान प्रतिबन्ध लगाएको हो ।

गत बैशाख २५ गते एमाले अध्यक्ष ओलीसहितका नेताहरुसँग उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठको भेट भएको थियो । ओली निवास बालकोटमा भएको सो भेटमा अध्यक्ष ओलीसहित महासचिव शंकार पोखरेल, उपमहासचिव विष्णु रिमाल र एमाले प्रमुख सचेतक पदम गिरी पनि सहभागी थिए ।

सो भेटमा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि कानुन अनुसार कारबाही हुने बताएका थिए । सोभन्दा अगाडि नै एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको थियो । गृहमन्त्री श्रेष्ठले सो प्रकरणमा अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्यको पनि संलग्नताको प्रमाण प्रहरीसँग रहेको ओलीलाई जानकारी गराएका थिए ।

गृहमन्त्री श्रेष्ठले यस्तो जानकारी दिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम टुंगो नलागेसम्म प्रमुख स्वकीय सचिव बज्राचार्यलाई ओली निवासमा नआउन भनिएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्