नेभिगेशन
समाज विविध

काठमाडौँमा हावाहुरी र असिनासहितको वर्षा

काठमाडौँ– काठमाडौँमा हावाहुरी र असिनासहितको वर्षा भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले राजधानीका विभिन्न स्थानमा सोमबार राति असिनासहित वर्षा भएको जनाएको हो ।

महाशाखाका अनुसार आज राति काठमाडौँबाहेक कोशी प्रदेशका थोरै तथा  बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

आइतबार (हिजो) साँझको समयमा पनि राजधानीमा हावाहुरीसहित वर्षा भएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता