नेभिगेशन
समाचार

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठक

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा आबद्ध  १० दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले दिउँसो साढे २ बजे सिंहरबारमा बस्नेगरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्ने बताइएको छ । 

छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरूको सुझाव माग्नेछन् । ती सुझावलाई नीति तथा कार्यक्रममा समेटिने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार