Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाँणबारे कांग्रेसले भन्यो– आरोपै नलागेको मान्छेलाई दोषीजस्तै प्रस्तुत गरियो

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्ना नेता बालकृष्ण खाँणको नेपाली कांग्रेसले बचाउ गरेको छ । आरोपै नलागेका मान्छेलाई पनि दोषीजस्तै प्रस्तुत गरिएको भन्दै कांग्रेसले बचाउ गरेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा धारणा सार्वजनिक गरेका हुन् । कानुनी प्रक्रियाअनुसार यो प्रकरणलाई अगाडि लग्नुपर्नेमा कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

यो प्रकरणमा अनुसन्धान गर्न र कानुनी प्रक्रियाअनुसार अघि बढ्न कांग्रेसले सघाइरहेको उनले दाबी थियो । 

‘जो कोहीलाई पनि अनुसन्धान गर्ने एउटा नम्स छ । त्यो नम्समा रहेर अनुसन्धान गर्ने र अनुसन्धानले जे कुरा प्रमाणित गर्छ, त्यसका आधारमा जानुपर्छ,’ उनले भने । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्