Nic Ad Nic Ad
Nic Ad Nic Ad

घट्यो डिजेल र मट्टीतेलको मूल्य

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– डिजेल र मट्टीतेल मूल्य लिटरमा १० रुपैयाँले घटेको छ । 

नेपाल आयल निगमको आज बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेल मूल्य लिटरमा १० रुपैयाँ घटाउने निर्णय गरेको हो । 

यसअघि निगमले प्रतिलिटर डिजेल र मट्टीतेल १६५ रूपैयाँमा बिक्री गर्दै आएको थियो । घटेको नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । 

निगमका अनुसार आजै भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो ।  भारतले अघिल्लो मूल्यभन्दा पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटाएर नयाँ मूल्यसूची पठाएको निगमले जनाएको छ।

सोहि मूल्यसूचीअनुसार आजै डिजेल र मट्टीतेल मूल्य लिटरमा १० रुपैयाँ घटाउने निर्णय गरेको निगमले जनाएको छ । यद्यपी निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्