Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा

मंगलबार, जेठ २, २०८०

कोलम्बो– अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्था अन्तर्गत समर्थित सुधार कार्यक्रम बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको भन्दै श्रीलङ्काले यसको कार्यान्वयन शुरु गरिसकेको बताएका छन् । 

सरकार र श्रीलङ्काली जनताको बलियो स्वामित्वमा सुधारको गतिलाई अझ व्यापकरूपमा जारी राख्न आवश्यक रहेको पनि उनको टिप्पणी छ । उनले सुधारबाट प्राप्त कठिन लाभ श्रीलङ्काका जनतालाई फाइदा पुग्ने किसिमका रहेको, त्यसको सुदृण गर्दै भ्रष्टाचार विरोधी र शासन सुधार आवश्यक रहेको उल्लेख गरेका छन् । 

आईएमएफका अनुसार श्रीलङ्का एसियाको पहिलो देश हो जसले आईएमएफ गभर्नेन्स डायग्नोस्टिक अभ्यास गरेको छ । आईएमएफ गभर्नेन्स डायग्नोस्टिक प्रतिवेदन यस वर्ष सेप्टेम्बर सम्म प्रकाशित हुने अपेक्षा गरिएको छ । मिसनले मार्चमा कोलम्बोको भ्रमण गरेको थियो र यस महत्वपूर्ण सुधार क्षेत्रमा सरोकारवाला र नागरिक समाजसँग नजिक रहेर काम गरेको छ । 

आईएमएफले यस वर्ष मार्चमा श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न करिब तीन अर्ब अमेरिकी डलरको इएफएफ अन्तर्गत ४८ महिनाको विस्तारित अर्ततन्त्र सुधार व्यवस्थालाई अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्