Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको बिजुली बंगलादेशले किन्ने बाटो खुल्यो

बुधबार, जेठ ३, २०८०

काठमाडौँ– नेपालको बिजुली बंगलादेशले किन्ने बाटो खुलेको छ । नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्ने बाटो खुलेको हो ।

मंगलबार बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औँ बैठकमा बंगलादेश नेपालको ४० मेगावाट बिजुली किन्न सहमत भएको छ ।

नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र बंगलादेशबाट विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सहअध्यक्षतामा बंगलादेशको पतुवाखलीमा बैठक सम्पन्न भएको हो ।

उक्त बैठकमा नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी, विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको ऊर्जा तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्