जिपको ठक्करबाट २ वर्षीय बालकको ज्यान गयो
मकवानपुर– जिल्लाको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १०:२३
प्रतिक्रिया दिनुहोस्