Nic Ad Nic Ad
Nic Ad Nic Ad

पश्चिम बङ्गालको १ पटाका कारखानामा विष्फोट, ९ जनाको ज्यान गयो

बुधबार, जेठ ३, २०८०

पश्चिम मेदिनीपुर– भारतको पश्चिम बङ्गालस्थित पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । 

हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन् । 

पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ ।

सरकारी नीति–नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए । 

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही रु दुई लाख ५० हजार र घाइतेलाई रु एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गरेकी छिन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्