साफ च्याम्पियनसिप : नेपाल र भारत एउटै समूहमा
काठमाडौँ- पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् ।
आगामी असार ६ देखि १८ सम्म भारतमा आयोजना हुने उक्त प्रतियोगिताको आज भएको ड्रअनुसार चिरपरिचत प्रतिद्वन्द्वी नेपाल र भारत एकै समूहमा परेका हुन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन् ।
यतै, समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
बेंग्लोरमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।
फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंकाको सहभागिता भने रहने छैन । यद्यपि, कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा खेल्नेछन् ।
नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १३:३३
प्रतिक्रिया दिनुहोस्