Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारी कर्मचारीको सङ्गठन नबनाउने राप्रपाको निर्णय

बुधबार, जेठ ३, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारी कर्मचारीको सङ्गठन नबनाउने निर्णय गरेको छ । काठमाडौँ बसेको केन्द्रीय समितिको बैठकले यस्तो  निर्णय गरेको हो । 

राप्रपाले सरकारी वेतनधारी कर्मचारीको सङ्गठन नबनाउने र विद्यार्थी सङ्गठनलाई गैर राजनीतिक बनाउने निर्णय गरेको हो ।

कर्मचारी राजनीतिमा लाग्दा नागरिकको कामकाज प्रभावित हुने र विद्यार्थीलाई राजनीतिमा लगाउँदा शिक्षा प्रणाली नै ध्वस्त हुने राप्रपाको ठहर छ । यस्तै राप्रपाले २०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन सरकारसँग माग गरेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्