Nic Ad Nic Ad
Nic Ad Nic Ad
आजको मौसम :

देशका अधिकांश पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना 

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, कोसी प्रदेशका थोरै स्थानमा र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्