Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीकै नेताले राखे धर्मनिरपेक्ष वा हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्न माग 

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार शर्मा र पूर्वप्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य इन्दु शर्माले धर्मनिरपेक्ष वा हिन्दूराष्ट्रबारे जनमतसंग्रह गर्न माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार ज्ञापनपत्र बुझाउँदै उनले यस्तो माग राखेका हुन् ।

धर्मनिरपेक्ष वा हिन्दूराष्ट्रबारे विवाद भइरहेकाले देशलाई दीर्घकालीन शान्तिको दिशामा लान आफूले यस्तो माग राखेको पूर्वसांससमेत रहेका रामकुमारले बताएका छन् । 

‘राष्ट्रिय विवाद र बहसका रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्मनिरपेक्षता वा हिन्दूराष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकालन शान्तिको दिशामा लगियोस्,’ उनले भनेका छन् ।

परिवर्तन पक्षधर बलियो भएका वेला परिवर्तनका मुद्दा स्थापित हुने र प्रतिगमनकारीलाई टाउको उठाउने ठाउँ नदिन आफूले जनमत संग्रहको कुरा उठाएको उनले स्पष्ट पारेका छन् ।

माओवादीले पछिल्लो समयमा आफूलाई धर्मनिरपेक्षताको हिमायती भएको व्याख्या गरिरहेका बेला उसकै नेताले जनमत सङ्ग्रहको माग राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्