एकीकृत समाजवादीले आज भ्रष्टाचारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ– सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै उसले आज दिउसे ३ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गर्ने भएको हो ।
विरोध कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने आयोजक एकीकृत समाजवादी, केन्द्रीय मोर्चा संगठन विभागले जनाएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत गरी १४ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १०:१७
प्रतिक्रिया दिनुहोस्