Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचारविरुद्ध वसन्तपुरमा जनप्रदर्शन गर्दै राप्रपा

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– प्रतिपक्षी एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा प्रदर्शन गर्दैछ ।

नक्कली भुटानी शरणार्थी लगायतका सबै प्रकरणमा मुछिएका ठूला नेताहरूलाई कारबाही गर्न सरकारको उदासिनता मात्र नदेखाएर जोगाउन नै खोजेको भन्दै उनीहरूले आज प्रदर्शन गर्न लागेका हुन् । 

विरोध प्रदर्शन दिउँसो १ बजे वसन्तपुरमा गरिने राप्रपाकी उपाध्यक्ष रोशन कार्कीले जानकारी दिइन् ।

प्रदर्शनपछिको कोणसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 

यस्तै आजै सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले पनि माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार