नेभिगेशन
समाचार

भुटानी शरणार्थी सम्बन्धी विषय अन्तराष्ट्रिय विषय भएको छः प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानी शरणार्थी सम्बन्धी विषय नेता वा सरकार विषेशको विषय नभएको बताएका छन् ।

आज प्रतिनिधिसभामा सांसद प्रेम सुवालले सोधको प्रश्नको उत्तर दिदै प्रधानमन्त्री प्रचण्डले सो विषय आम नेपाली जनताको विषय भएको बताएका हुन् । यस्तै, उनले यो विषय अन्तराष्ट्रिय संघ संस्थाले पनि चासोको साथ हेरेको पनि उनले बताए ।

‘यो विषयमा हामीले कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैनौं, भुटानी शरणार्थी सम्बन्धी विषय अन्तराष्ट्रिय संघ संस्थाहरुले पनि चासोका साथ हेरिरहेकोले यो विषय अब अन्तराष्ट्रिय विषय भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार