Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रतिनिधिसभा बैठक

दरबार हत्याकाण्ड र मदन आश्रितको बारेमा नयाँ शिराबाट छानविन हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

बिहीबार, जेठ ४, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डका बारेमा थप छानविन हुनुपर्ने बताएका छन् । 

सांसद प्रभु शाहले चर्चित गौर हत्याकाण्डका बारेमा सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड र मदन आश्रित काण्डका बारेमा छानविन सुरु गर्नुपर्ने धारणा राखेका हुन् । उनले यस्तो छानविन नयाँ शिराबाट हुनुपर्ने बताए ।

‘विगतका सबै भयानक र विभत्स हत्याकाण्डको छानविन हुनुपर्छ, चाहे त्यो गौर होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड होस्, त्यस्ता काण्डको नयाँ शिराबाट छानविन हुनुपर्दछ ।

अहिले जसरी ती कुराहरुलाई विर्साउने जे जसरी कोसिस भइरहेको छ, त्यसलाई हामीले गम्भीर रुपमा लिनुपर्छ । मदन आश्रितका बारेमा पनि नयाँ शिराबाट छानविन हुनुपर्दछ भन्ने म ठान्दछु । तर यसको लागि हामी सबैले गम्भीर रुपले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनु पर्छ भन्ने मेरो विचार छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्