बेलायतकी रानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउण्ड खर्च
लण्डन– बेलायती रानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउण्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको छ ।
गत सेप्टेम्बर १९ मा बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टिमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो ।
लण्डनस्थित बेलायती संसद र एडिनबर्गमा रहेको उनको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध हजारौं मानिसहरूले लामो समयसम्म लामबद्ध भएर हेरेका थिए ।
अर्थमन्त्री जोन ग्लेनले संसदलाई दिएको लिखित वक्तव्यमा कूल अनुमानित लागत १६ करोड १७ लाख पाउन्ड रहेको र सबैभन्दा ठूलो हिस्सा आन्तरिकमामिला मन्त्रालय अन्तर्गत सात करोड ३७ लाख पाउन्ड रहेको बताउनुभएको छ । त्यसैगरी संस्कृति, सञ्चार र खेलकुद मन्त्रालय अन्तर्गत पाँच करोड ७४ लाख पाउड खर्च गरेको बताइएको छ भने स्कटिश सरकारले एक करोड ८८ लाख खर्च गरेको उनले बताए ।
‘महारानी एलिजाबेथ द्वितीयाको ८ सेप्टेम्बर २०२२ मा भएको निधन र त्यसपछिको राष्ट्रिय शोकको अवधि ठूलो राष्ट्रिय महत्वको क्षण थियो,’ ग्लेनले खर्च आवश्यक भएको पुष्टि गर्दै भने, ‘सरकारको प्राथमिकता भनेका यी कार्यक्रमहरू उचित स्तरको सुरक्षा र गरिमाका साथ सञ्चालन गर्नु थियो ।’
बकिङ्घम प्यालेसले उक्त सुरक्षा अभियानका क्रममा १० करोडभन्दा पाउन्डस्टर्लिङ्ग भन्दा बढी खर्च भएको भन्ने समाचारलाई अस्वीकार गरेको छ ।