जापानको बाह्य पर्यटन कोरोनापूर्वको अवस्थामा फर्कियो
टोकियो– जापानमा पर्यटकको आगमन कोभिड माहामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको छ ।
कोभिड–१९ महामारीअघि सन् २०१९ अप्रिलसम्मको अवस्थामा पुगेको र यो बर्ष अप्रिलमा जापान आउने विदेशी पर्यटकको सङ्ख्या अघिल्लो बर्षको तुलनामा ६६.६ प्रतिशतले बृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
जापानको राष्ट्रिय पर्यटन संगठनका अनुसार चेरी फूलको मौसममा पर्यटनको उच्च वृद्धि भई गत महिना जापानमा अनुमानित १९ लाख ४९ हजार १०० विदेशी पर्यटकले अवलोकन गरेका थिए ।
सन् २०२० को फेबु्रअरीमा महामारीका कारण विदेशी पर्यटकको आगमनमा तीव्र गिरावट आएयता यो सङ्ख्या सबैभन्दा बढी हो ।
यसैबीच, वैदेशिक रोजगारीमा जाने जापानीको सङ्ख्या पाँच लाख ६० हजार २०० पुगेको छ, जुन गत वर्षको अप्रिलमा एक लाख २९ हजार १६८ रहेको थियो । यद्यपि, यो सङ्ख्या सन् २०१९ को अप्रिल महिनाको तुलनामा ६६।४ प्रतिशतले कम हो ।