नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना 

काठमाडौँ– आज दिउँसो कोसी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

तर, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहने छ । 

कोसी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध