दाङमा २ बस ठोक्किए : १ महिलाको मृत्यु, २१ यात्रु घाइते
काठमाडौँ– दाङमा २ वटा बस एकआपसमा ठोक्किँदा १ महिलाको मृत्यु भएको छ भने २१ यात्रु घाइतेभएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरीमा आज बिहान २ यात्रु बस ठोक्किएका हुन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी –७ की ४२ वर्षीया शोभा परियार छिन् । उनका २ छोरा पनि घाइते भएको दाङ प्रहरीले जनाएको छ ।
लमहीबाट भालुवाङतर्फ आउँदै गरेको लु. २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुर जाँदै गरेको ना. ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका –३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ०९:३७
प्रतिक्रिया दिनुहोस्