सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो
काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डा मिलेको छ । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको हो ।
यससँगै नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नामसमेत टुंगो लगाएको छ ।
सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको माओवादी संसदीय दल स्रोतले जनाएको छ । यस्तै, गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ ।
सम्भवत सरकार विस्तार गरेर आजै सपथ पनि गराउने तयारी भइरहेको जनाइएको छ ।
सुदूरपश्चिममा कांग्रुसका कमलबहादुर शाह मुख्यमन्त्री बनेको केही महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको थिएन ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १०:२४
प्रतिक्रिया दिनुहोस्