Nic Ad Nic Ad
Nic Ad Nic Ad

पदक विजेता कराते टोली स्वदेश फर्कियो

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– मलेसियामा भएको १९ औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली आज स्वदेश फर्किएको छ ।

samridhi jewllers

गत वैशाख २९ देखि ३१ गतेसम्म भएको उक्त प्रतियोगितामा नेपालका १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जित्न सफल भए । नेपालले सात स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको नेपाल वादोरियो कराते डो सङ्घले जनाएको छ ।

प्रतियोतिगामा देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा सार्की र रिदेश बस्यालले स्वर्ण जिते । आकृति कँडेलले रजत तथा वैश्नवी वर्मा र सन्यम कँडेलले कास्य हात पारे । टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहेका थिए ।

टोलीलाई नेपाल कराते महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेपाल वादोरियो कराते डो सङ्घका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्