Nic Ad Nic Ad
Nic Ad Nic Ad
आजको मौसम :

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना, मधेसमा हावा–हुरी 

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

samridhi jewllers

यस्तै, देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यसैगरी, कोसी र मधेस प्रदेशका केही स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, राति कोसी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

त्यसैगरी, कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्