नेभिगेशन
समाज विविध

जनकपुरबाट काठमाडौँ उड्न लागेको जहाजभित्र मुसा भेटिएपछि...

काठमाडौँ– जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरले हवाई जहाजमा मुसा भेटिएपछि उडान स्थगित भएको छ ।

आज बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मा यात्रुले मुसा देखेएपछि उडान स्थगित भएको हो ।

४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर जहाज होल्ड गरिएको छ । अब उडान परीक्षणपछि मात्र हुनेछ ।

जहाज होल्ड भएपछि यात्रुहरू अलपत्र परेका छन् ।

अब अर्को विमानमा इन्जिनियर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित