Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुद्ध एयरको उडान स्थगित, मुसाको खोजी हुँदै

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरले हवाई जहाजमा मुसा भेटिएको जहाजको उडान आज नहुने भएको छ ।

उक्त मुसा जहाजभित्रै लुकेकाले हालसम्म नभेटिएकाले उडान स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

आज बिहान ८ ः ३५ बजेको बुद्ध एयरको उडान नम्बर–५०२, ९एन–एजेएल जहाजमा मुसा भेटिएको थियो । अहिले उक्त मुसाको खोजी भइरहेको छ । तर, भेटिएको छैन ।

उक्त जहाजमा रहेका ४९ जना यात्रु बुद्ध एयरकै अन्य जहाजमार्फत काठमाडौँ पठाउन लागिएको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्