Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाबुराम भट्टराईको आरोप–  कम्युनिष्टहरु भ्रष्टिकरणमा फसिसके

कांग्रेस, एमाले र माओवादीले देशको समस्या हल गर्न नसक्ने जिकिर
शनिबार, जेठ ६, २०८०

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिष्ट दलहरु भ्रष्टिकरणमा फसिसकेको आरोप लगाएका छन् ।

शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले आफुलाई कम्युनिष्ट भन्ने एमाले माओवादीमा राज्यसंयन्त्र कव्जा गर्ने र पुरै भ्रष्टिकरण भएर जाने देखिएको आरोप लगाएका हुन् ।

त्यस्तै, उनले कांग्रेस पुरानो बिचार लिएर दिशाहिन भएर बसेको र विविधथरीको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या हल गर्न नसक्ने जिकिर गरे । भट्टराईले राप्रपा भन्ने पार्टी राजतन्त्रको भूत भएको र त्यसबाट तर्सनुपर्ने पर्ने अवस्था नरहेको उल्लेख गरे ।

अहिले आएका नयाँ भन्ने पार्टीहरुलाई भने अहिले नै खराव भन्न नमिल्ने भएपनि उनिहरुमा कुनै बिचार र योजना तथा नीति नै नरहेको उनले टिप्पणी गरे । उनले एउटै चिन्हबाट चूनाव लडेकाले आफ्नो पार्टी र माओवादीको एउटै संसदीय दल भएपनि माओवादीसंग कुनै एकता नभएको बताए ।

अध्यक्ष भट्टराईले ज्येष्ठ २५ र २६ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र अहिलेसम्मको समिक्षाका साथ भावी योजना तयार गर्ने जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्