नेभिगेशन
खेलकुद

‘प्ले अफ’मा पुग्यो चेन्नई, हारसँगै बाहिरियो दिल्ली

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आईपीएल) समूह चरणको अन्तिम खेलमा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटललाई ७७ रनले हराउँदै प्लेअफमा स्थान बनाएको छ ।

शनिबार दिल्लीमा जारी लिगमा पहिले ब्याटिङ रोजेर चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर दिएको २२३ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १४६ रनमा नै सिमित भयो ।

चेन्नईका ओपनरद्वय ऋतुराज गायकवाड र डेवोन कन्वेले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे । १५औं ओभरको तेस्रो बलमा पहिलो विकेटका रुपमा ऋतुराज आउट भए । ५० बलको सामना गरेका उनले तीन चौका र ७ छक्काको मदतमा ७९ रन बनाउन सफल भए । 

तेस्रो नम्बरमा व्याटिङ गर्न आएका शिव दुवेले २२ रन बनाएर पभेलियन फर्किन वाध्य भए । अन्तिम १० बल खेल्नुअघि तेस्रो विकेटका रुपमा आउट भएका डेवोन ८७ रन बनाउन सफल भए। रवीन्द्र जडेजा २० र एमएस धोनी ५ रनमा अविजित रहे ।

दिल्लीका पृथ्वी शा व्यक्तिगत ५ रनमै आउट भए । अर्का ओपनर डेभिड वार्नरलाई साग दिन आएका फिल साल्ट ३, रिले रोसौव शुन्य, यश ढुल १३, अक्षर पटेल १५, अमन हकिम खान ७ रनमा आउट भए । १८.३ ओभरसम्म क्रिजमा वार्नरलाई मतिशा पथिनाराले माइन अलीको हातबाट क्याच गराए । ५८ बलको सामना गरेका वार्नरले ७ चौका र ६ छक्कको मदतमा ८६ रन बनाए ।

बाँकी ९ बलमा २ रन जोड्दा २ विकेट गुमायो र २० ओधारमा ९ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो ।

जितसँगै चन्नईले १४ खेलबाट १७ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । हारपछि दिल्ली भने १० अंकका साथ प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद