देशभरका पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावा–हुरी
काठमाडौँ– आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
यी ३ प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, कोसी र मधेश प्रदेशका तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।
यसैगरी, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० ०६:५५
प्रतिक्रिया दिनुहोस्