Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मी दरबार नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा

सोमबार, जेठ ८, २०८०

गुल्मी– नेपालमै पहिलोपटक गुल्मी दरबार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराउनुभएको हो । घोषणासभामा उहाँले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिउ । 

samridhi jewllers

गुल्मी दरबार गाउँपालिकाका दिवङ्गत तत्कालीन गाउँपालिका अध्यक्ष अशोककुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षीय दीर्घकालीन योजना बनाउँदा पोषण तथा मातृशिशु सेवालाई प्राथमिकता दिएको थियो । सोही योजना र कार्यक्रमअनुसार गाउँपालिकाले स्थापनाकालदेखि नै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा, उपप्रमुखलाई पोषण फोकल व्यक्ति चयन, ८३ वटा स्वास्थ्य आमा समूहलाई पुनर्जागरण गर्ने, नेपालमै पहिलोपटक एकीकृत पोषणसम्बन्धी ‘कस्तो छ आमा’ कार्यक्रमको सुरुआत, बर्थिङ सेन्टर सञ्चालन र बलिथुम स्वास्थ्य चौकीलाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए । 

गाउँपालिका प्रमुख सरोजकुमार थापाले नागरिकका स्वास्थ्यप्रतिको आशा स्थानीय सरकारसँग निकै बढिरहेको बताए । स्थानीय सरकारलाई आफ्ना बजेटका सीमाका कारण नागरिकका सबै आशाहरूलाई पूरा गर्न चुनौती रहेको भन्दै व्यवस्थित योजनामार्फत अभियानलाई निरन्तरता दिने विषयमा आफूहरू प्रतिबद्ध रहेको बताए ।

अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला सुआहारा, एकीकृत ग्रामीण विकास समाज गुल्मीले नियमित अनुगमन र सुझाव दिइरहेको थियो । पाँच वर्षको निरन्तर प्रयासपश्चात् अहिले गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारसहित नेपालमै पहिलो अभियान घोषणा गर्न सकिएको स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले बताए । नियमित खोपतर्फ गाउँपालिका पूर्णखोप र कोभिड–१९ खोप पनि पूर्णखोप गाउँपालिका सुनिश्चित भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्री, छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय र स्वास्थ्य कार्यालयलका जनस्वास्थ्य अधिकृत बोम अर्याललगायतले पोषणमैत्री कार्यक्रलाई दिगोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । -रासस

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार