Nic Ad Nic Ad
Nic Ad Nic Ad

लिङ्देनको माग– नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ

सोमबार, जेठ ८, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग राखेका छन् ।  

आज बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिक्रिया दिँदै उनले यस्तो माग राखेका हुन् ।

गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधानदेखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै प्रतिपक्षी दलका सांसद लिङ्देनले पुनर्लेखन गर्न हिच्किचाउन नहुनुपर्ने बताए ।  

‘विनाअध्ययन कार्यक्रम समावेश गरिएको पाइयो । पुनर्लेखन गर्न हिच्किचाउनु हुँदैन,’ उनले भने ।  

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्