नेभिगेशन
समाचार

'सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स'मा निउरेकाे स्वतन्त्र उम्मेदावरी

काठमाडौँ– नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)मा गोपाल प्रसाद निउरेले स्वतन्त्र उम्मेदावरी दिएका छन् । 

शनिबार भएको उम्मेदवारी दर्तामा सिडेनको भावी अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसभित्रको गुटगत प्रतिनिधिका रुपमा थप तीन उम्मेदवार  मैदानमा उत्रिँदा निउरेको स्वतन्त्र उम्मेदवारी परेको हो । सिडेनभित्रको गुटबन्दी र सिन्डिकेटविरुद्ध आफूले उम्मेदवारी दिएका निउरेले बताए ।  

चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी पनि चुनावी मैदानमा होमिएका छन ।  वरिष्ठ जलविद्युत विज्ञ निउरेले २०५३ सालमा पश्चिमाञ्चल क्याम्पसबाट सिभिल ओभरसियर गरेका थिए 

ईन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसबाट २०५७ सालमा बीइ इन सिभिल इन्जिनियरिङ गरेका उनले २०६५ मा पुल्चोक क्याम्पसबाट जलविद्युतमा एमएससी गरेका थिए । पढाईमा अब्बल र पेशागत रूपमा दक्षता भएका उनी २० वर्षदेखि जलविद्युत र ऊर्जाको क्षेत्रमा सक्रिय छन् ।

दुई दर्जन भन्दा बढी जलविद्युत आयोजनाको डिजाईन तथा निर्माणमा संलग्न गरेका निउरे सयपत्री हाईड्रोपावर र युनिट्स ईन्जिनियरीङ प्रालिका संचालक पनि हुन् ।

सगरमाथा इन्जिनियरीङ कलेजको शेयरधनी तथा निवर्तमान संचालक निउरे इन्जिनियरिङ क्षेत्रमा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान गरेको छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार