Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकदिवसीय विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को–को परे ?

सोमबार, जेठ ८, २०८०

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । 

क्यानले आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । 

छनोट हुने खेलाडीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र करण केसी छन् । 

त्यसैगरी सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल रहेका छन् । 

जिम्बावेमा आगामी जुन जुलाईमा आयोजना हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टोलीको सहभागिता रहनेछ । 

नेपाली राष्ट्रिय क्रिकेट टोली:–

nepali_cricket_team1684767937.jpg

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्