Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिनियाँ नीति बैंकद्वारा चीन–मध्य एसिया सहयोग विस्तार

मंगलबार, जेठ ९, २०८०

बेइजिङ– चीनको नीति बैंक, चाइना डेभलपमेन्ट बैंकले चीन(मध्य एसिया सहयोगलाई प्रगाढ बनाउन आर्थिक सहयोग बढाएको छ।

नीति बैंकले चीन र मध्य एसियाली देशबीचको अर्थतन्त्र, व्यापार, लगानी, यातायात, कृषि, ऊर्जा र स्रोतसाधनलगायतका क्षेत्रमा आयोजनालाई सहयोग गर्न १० अर्ब युआन (करिब १ अर्ब ४३ करोड अमेरिकी डलर) विशेष ऋण उपलब्ध गराएको छ ।

चाइना डेभलपमेन्ट बैंकले अन्तरराष्ट्रिय स्तरमा लगानी सञ्चालन शुरु गरेको पहिलो क्षेत्र मध्य एसिया हो ।

सन् २०२२ को अन्त्यसम्ममा नीति बैंकले मध्य एसियाका पाँच देशमा ऊर्जा र स्रोत, पूर्वाधार र यातायातलगायतका क्षेत्रमा १३४ परियोजनालाई सहयोग गरिसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०५:३५
प्रतिक्रिया दिनुहोस्