सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी छः सिके राउत
काठमाडौँ– जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै नेता राउतले यस्तो बताएका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा जम्मा ३ ठाउँमा मात्रै संघीयता भन्ने शब्द प्रयोग भएको उनको भनाइ छ ।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा ३ ठाउँमा मात्रै संघीयता शब्द प्रयोग गरिएको छ । त्यसमा पनि एउटा शब्द प्रस्तावना र बीचमा वित्तीय संघीयता भनेर उल्लेख गरिएको छ । त्यसैले यो नीति तथा कार्यक्रम संघीयता विरोधी छ । संघीयता कार्यान्वयनमा यो नीति तथा कार्यक्रम राम्रो छैन । संघीयता विरोधी छ,’ नेता राउतले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १३:०७
प्रतिक्रिया दिनुहोस्