नेभिगेशन
समाचार

पुरुष हिंसा रोक्ने कार्यक्रम चाहियोः सिके राउत

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सिके राउतले पुरुष हिंसा रोक्ने कानुन आवश्यक रहेको बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै नेता राउतले बैदेशिक रोजगारीमा रहेका पुरुष बढी हिंसामा पर्ने गरेको भन्दै सो हिंसा रोक्ने गरी कानुन बनाउन नीति आवश्यक रहेको बताएका हुन् ।

‘महिला हिंसा मात्रै होइन, पुरुष हिंसा पनि रोक्ने गरी कानुन आवश्यक छ । खासगरी बैदेशिक रोजगारीमा गएका पुरुषहरुसँग हुने गरेको शोषण, ब्ल्याकमेलिङ, मानसिक यातना, प्रताडना तथा हिंसासमेतलाई रोक्ने गरी नीति तथा कार्यक्रम ल्याउन आग्रह गर्दछु,’ नेता राउतले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार