Nic Ad Nic Ad
Nic Ad Nic Ad

सगरमाथा शिखरमा ‘चराको गीत’ लोकार्पण

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ । 

राइनास–२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चार पटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही जेठ ३ गते गरेको सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताए । 

आरोहणका क्रममा ‘चराको गीत’का कविताले आफूलाई सहज बनाएको उनले अनुभव सुनाए । सगरमाथामा लोकार्पण भएको पहिलो नेपाली कविता सङ्ग्रहका रूपमा ‘चराको गीत’ले आफ्नो नाम अङ्कित गरेको र त्यसमा आफूले भूमिका निर्वाह गर्न पाएकोमा अत्यन्त खुसी लागेको पर्वतारोही ठकुरीले बताए । 

चराको गीतको पहिलो संस्करण साझा प्रकाशनबाट २०७४ सालमा प्रकाशित भएको थियो । कृतिको दोस्रो संस्करण पनि साझाबाट हालै प्रकाशित भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको भूमिका रहेको यो कृति नेपाली कविता फाँटमा चर्चित कृतिमध्ये एक मानिन्छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्